Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता दिन सुरु गरेको छ। पहिलो दिन कान्तिपुर, शिव शिखर बहुउद्देश्यीय र पशुपति सहकारीका ३ सय ७८ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सुरुमा कम रकम बचत गरेका सदस्यलाई प्राथमिकता दिइएको छ भने अब बचतको आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। हाल समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता गर्न बाँकी रहेको जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्तासँगै ऋण असुली प्रक्रिया पनि तीव्र बनाइएको बताइन्। समितिका अनुसार हालसम्म २ करोड रुपैयाँभन्दा बढी ऋण असुल भइसकेको छ।