Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनचाँदीको मूल्यमा गिरावट, तोलामा तीन हजारभन्दा बढी घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, तोलामा तीन हजारभन्दा बढी घट्यो

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

मंगलबार प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बुधबारका लागि २ लाख ९२ हजार रुपैयाँ कायम गरिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन ५ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४ हजार ९६० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।