Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

डाबरको मह खानै नहुने गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

डाबरको मह खानै नहुने गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

काठमाडौँ । डाबरको हनी (मह) बजारबाट फिर्ता गर्न सरकारले निर्देशन दिएको छ । डाबर ब्राण्डको मह परीक्षणमा गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको हो ।  

बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह गुणस्तर मापदण्डअनुसार नभएको पाइएको थियो , 
  
यो मह उत्पादक कम्पनी डाबर नेपाल प्रालि जितपुर सिमरा बारा रहेको विभागले जनाएको छ ।
 
विभागबाट जारी सूचनाअनुसार उक्त उत्पादनको उत्पादन मिति २०२५÷१२ उल्लेख गरिएको छ । त्यस्तै उपभोग अवधि १८ महिना रहेको भए पनि उत्पादनको ६ महिनामै खान अयोग्य ठहर भइसकेको छ । 
 
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाअनुसार सम्बन्धित ब्याचका सबै उत्पादन बिक्री वितरण नगर्न तथा नगराउनसमेत निर्देशन दिएको छ । 

maha.JPG
undefined