काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले वृद्धि भएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार यही सुन दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेर प्रतितोला पाँच हजार ५० रुपैयाँ पुगेको छ । बुधबार चाँदी चार हजार ९६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । यसअनुसार चाँदीको मूल्य एकै दिन ९० रुपैयाँले वृद्धि भएको हो ।