काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य रूपमा घटेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले घटेर प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ।