काठमाडौँ । सुनको मूल्य बुधबार घटेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यता चाँदी को मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै ५ हजार ८० रुपैयाँ पुगेको छ।