Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मानव अधिकार आयोगको सिफारिस: ओली, लेखक र गुरुङविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन प्रस्ताव

मानव अधिकार आयोगको सिफारिस: ओली, लेखक र गुरुङविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन प्रस्ताव

काठमाडौँ । केपी शर्मा ओली, रमेश लेखक र पृथ्वी सुब्बा गुरुङ विरुद्ध कारबाही सिफारिस गर्दै राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत कानुनी प्रस्ताव अघि सारेको छ। आयोगले भदौ २३ र २४ का घटनासम्बन्धी अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गरेको हो।

आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा बनेको अनुसन्धान समितिको प्रतिवेदनपछि आयोगले कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको छ। उक्त प्रतिवेदन आयोगमा ६ चैतमै पेस भए पनि मंगलबार मात्र निर्णय गरिएको र बुधबार प्रधानमन्त्री कार्यालयमा सिफारिस बुझाइएको जनाइएको छ।

आयोगले मानव अधिकार उल्लंघनका लागि नयाँ कानुन आवश्यक भएको भन्दै अधिकतम ६ महिना कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गर्न सुझाव दिएको छ। साथै यस्ता मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरिएको छ।

त्यस्तै, मानव अधिकार उल्लंघनमा दोषी ठहर हुने व्यक्तिलाई ५ वर्षसम्म कुनै पनि राजनीतिक वा निर्वाचित पदमा उम्मेदवार हुन नपाउने, ३ वर्षसम्म प्रशासनिक जिम्मेवारी नदिने र विदेश भ्रमणमा समेत प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ। मुद्दा दायर भएपछि स्वतः निलम्बन हुने व्यवस्था गर्न पनि आयोगले सरकारलाई सुझाव दिएको छ।

यसअघि पनि यी नेताहरूमाथि सम्बन्धित आन्दोलनसम्बन्धी प्रतिवेदनमा कारबाही सिफारिस भएको उल्लेख छ।