Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५ हजार ५ सय रुपैयाँले सस्तो

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५ हजार ५ सय रुपैयाँले सस्तो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो।

यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २१५ रुपैयाँले सस्तो हुँदै ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ।