काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज साँझ ८ बजे भर्चुअल माध्यमबाट बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्न लागेको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि र संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका उपसमिति तथा महाधिवेशन निर्वाचन कार्यविधिका विषयमा छलफल हुनेछ।
यस्तै, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारी, जिल्ला अधिवेशन कार्यविधिमा संशोधन तथा अधिवेशन प्रतिनिधिसम्बन्धी व्यवस्थाबारे पनि बैठकमा निर्णय हुने अपेक्षा गरिएको छ।