काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आजका लागि प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा २०० रुपैयाँले कम हो। आइतबार सुन ३ लाख १० हजार १०० रुपैयाँमा खरिद–बिक्री भएको थियो।
यसअघि भन्सार दरमा १० प्रतिशत वृद्धि भएपछि आइतबार सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले अचानक बढेको थियो।
यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ। आइतबार ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि ५ हजार ३५५ रुपैयाँ कायम गरिएको छ।