Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पाँचदिने भारत भ्रमणमा रवि लामिछाने, मोदी र जयशंकरसँग भेट्ने तयारी

पाँचदिने भारत भ्रमणमा रवि लामिछाने, मोदी र जयशंकरसँग भेट्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन्।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।

भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भाजपाका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्राप्त जानकारीअनुसार उनले मंगलबार भाजपाको मुख्यालयमा अध्यक्ष नितिन नवीनसँग भेट गर्नेछन् भने प्रधानमन्त्री मोदीसँगको भेट जेठ २० गते तय भएको छ।

प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्। लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।