काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु रहेका छन्।
लामो समयदेखि सरकार पुनर्गठनको चर्चा चलिरहेका बेला कांग्रेसले आलोपालो सहमतिअनुसार मुख्यमन्त्री पद आफ्नो दलले पाउनुपर्ने अडान कायम राख्दै आएको छ। यस्तै परिस्थितिमा एमालेले आफ्ना मन्त्रीहरूको हेरफेर प्रक्रिया अघि बढाएको बताइएको छ।
भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन् ।