Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पशुपति सेभिङ एण्ड क्रेडिट सहकारीका १४० ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न समितिको आग्रह

पशुपति सेभिङ एण्ड क्रेडिट सहकारीका १४० ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न समितिको आग्रह

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा ऋणीहरूको नाम सार्वजनिक गरिएको हो। यस क्रममा ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

त्यस्तै, अझै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता रकम बुझाउन सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अगाडि बढाइने समितिले जनाएको छ।

बचतकर्ताको रकम फिर्ता गराउने र उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिको भनाइ छ।

ऋणीहरूको विवरणः-

https://www.coopmc.gov.np/content/13265/list-of-140-borrowers-of-pashupati-saving/#flipbook-flipbookContainer/1/