Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुनचाँदी बजारमा गिरावट, सुन प्रतितोला ८ हजार २ सय रुपैयाँले घट्यो

सुनचाँदी बजारमा गिरावट, सुन प्रतितोला ८ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपालमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेर ३ लाख ८ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३३५ रुपैयाँले घट्दै ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। आजको गिरावटसँगै सुनचाँदी बजारमा उल्लेखनीय मूल्य समायोजन देखिएको छ।