काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ। चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन भइरहेको छ भने सिन्धुपाल्चोकको अधिवेशन विविध कारणले स्थगित गरिएको पार्टीका प्रवक्ता भनिष झाले जानकारी दिएका छन्।
सम्पन्न अधिवेशनबाट काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सन्जिव पाठक जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
रास्वपाले देशभर संगठन सुदृढीकरण अभियानअन्तर्गत जिल्ला अधिवेशनलाई तीव्रता दिएको जनाएको छ।