Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज संसद् बैठक बस्दै, प्रतिपक्षीले अवरोध हटाउलान् ?

आज संसद् बैठक बस्दै, प्रतिपक्षीले अवरोध हटाउलान् ?

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । 

बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेलगायत कार्यसूची छ । 

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची राखिएको लामो समय भए पनि यसमा विषय प्रवेश नै हुन सकेको छैन । 

भारतीय सीमा नेपालले मिचेको भन्दै सदनमा प्रधानमन्त्री बालेन शाहले अभिव्यक्ति दिएसँगै प्रतिनिधिसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूले लगातार अवरुद्ध गर्दै आएका छन् । त्यसैले आजको बैठक पनि सहज ढंगले चल्ने/नचल्ने अनिश्चित छ । 

तर, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनलाई भेटेर सदनमा रहेको गतिरोध फुकाउन सर्वदलीय बैठक बोलाएका छन् ।