Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डीडीसी उत्पादन प्रवर्द्धनमा सरकारले विशेष जोड, मन्त्रिपरिषद्मा छलफल

डीडीसी उत्पादन प्रवर्द्धनमा सरकारले विशेष जोड, मन्त्रिपरिषद्मा छलफल

काठमाडौँ । सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको बजार विस्तारमा विशेष पहल थालेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादनहरूको देशव्यापी प्रवर्द्धन र बजार सुदृढीकरणबारे विस्तृत छलफल भएको हो। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बैठकमा यस विषयलाई प्रमुख एजेन्डाका रूपमा उठाउँदै स्वदेशी दुग्ध उत्पादनको संरक्षण र किसानको हित सुनिश्चित गर्न डीडीसीको भूमिका विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री चौधरीले संस्थानलाई थप प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै गुणस्तरीय उत्पादन र बजार पहुँच सुनिश्चित गर्न सरकारी निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो। साथै, दूध किसानबाट सङ्कलित उत्पादनको उचित व्यवस्थापन र बजार सुनिश्चितताका लागि सरकारी समर्थन अपरिहार्य रहेको उहाँको भनाइ थियो।

सोही अवसरमा मन्त्री चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद् सदस्यहरूलाई डीडीसीका उत्पादनहरूको प्याकेज वितरण गर्नुभएको थियो। प्रधानमन्त्री शाहले पनि स्वदेशी उत्पादन उपभोगलाई प्रोत्साहन गर्दै डीडीसीका उत्पादनहरूको प्रवर्द्धनमा सकारात्मक सन्देश दिनुभएको बताइएको छ।