काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। एकैदिन प्रतितोला १० हजार १ सय रुपैयाँ घट्दै सुनको भाउ २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने एक साताअघि यही दिन ३ लाख ११ हजार ३ सय रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। प्रतितोला १८५ रुपैयाँले कमी आएपछि चाँदी ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य ४ हजार ९२५ रुपैयाँ थियो भने गत बुधबार ५ हजार ३७० रुपैयाँ कायम भएको थियो।