काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। एकैदिन तोलामा ५ हजार १०० रुपैयाँ घटेसँगै सुनको कारोबार मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बुधबार प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज भने सोही सुनको मूल्य घटेर २ लाख ८६ हजार ७०० रुपैयाँमा झरेको हो।
सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७४० रुपैयाँ रहेको थियो