Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ब्राजिल र मोरक्को बराबरीमा रोकिए

ब्राजिल र मोरक्को बराबरीमा रोकिए

काठमाडौं । ब्राजिल र मोरक्कोबीचको खेल बराबरीमा टुंगिएको छ । समूह सीमा रहेका यी दुुई टोलीबीचको खेल १-१ को बराबरीमा टुंगिएको हो ।

ब्राजिल र मोरक्कोबीचको खेल पहिलो हाफको २० मिनेटमा मोरक्कोका इसामेल सैबारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसको ११ मिनेटमा ब्राजिलका भिनिसियसले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन ।

सन् १९९८ पछि ब्राजिल र मोरक्कोबीच विश्वकपमा आइतबार दोस्रोपटक खेल भएको हो । ३८ वर्षअघिको खेलमा मोरक्को ब्राजिलसँग ३-० ले पराजित भएको थियो ।