Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

एकैदिन सुन तोलामा ५ हजार रुपैयाँले महँगियो

एकैदिन सुन तोलामा ५ हजार रुपैयाँले महँगियो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले वृद्धि हुँदै २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको छ।

यसअघि आइतबार सुन प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १२० रुपैयाँ बढी हो। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम थियो।