Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वास्थ्य बिमा दाबी भुक्तानीमा तीव्रता, २०२ अस्पताललाई थप ९१ करोड रुपैयाँ उपलब्ध गराइँदै

स्वास्थ्य बिमा दाबी भुक्तानीमा तीव्रता, २०२ अस्पताललाई थप ९१ करोड रुपैयाँ उपलब्ध गराइँदै

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा दाबीबापत २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ। सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखेपछि भुक्तानी प्रक्रिया तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। यस्तै, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चका लागि ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो भने जे  ठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।

विगत आर्थिक वर्षदेखि बाँकी रहेका स्वास्थ्य बिमा दाबी र विपन्न नागरिक उपचार खर्चको भुक्तानीलाई सरकारले उच्च प्राथमिकतामा राख्दै स्रोत व्यवस्थापन तथा निकासा प्रक्रियालाई गति दिएको जनाएको छ। स्वास्थ्य बिमा बोर्डले बक्यौता भुक्तानीलाई निरन्तरता दिँदै स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको विश्वास बढाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

https://share.google/5CctH8Td5pPM3Oeud