Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कागेश्वरी मनोहराबाट सुरु भयो स्थानीय तहमै नापी–मालपोत सेवा

कागेश्वरी मनोहराबाट सुरु भयो स्थानीय तहमै नापी–मालपोत सेवा

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले आजदेखि स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सञ्चालनमा ल्याएको छ। सेवाको शुभारम्भसँगै नगरपालिकाले लालपुर्जा वितरण गर्दै औपचारिक रूपमा सेवा हस्तान्तरण गरेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको योजनाअनुसार स्थानीय तहबाटै जग्गासम्बन्धी सेवा उपलब्ध गराउने अभियानअन्तर्गत कागेश्वरी मनोहरा पहिलो चरणमा समावेश भएको हो। मन्त्रालयका अनुसार देशभर इच्छुक स्थानीय तहहरूमा चरणबद्ध रूपमा सेवा विस्तार गरिनेछ।

यसअघि २०७ स्थानीय तहले नापी तथा मालपोत सेवा सञ्चालनमा रुचि देखाएका थिए। स्थानीय स्तरमै सेवा उपलब्ध भएपछि नागरिकले मालपोत र नापी कार्यालय धाउनुपर्ने बाध्यता घट्ने, समय र खर्च बचत हुने तथा सेवाप्रवाह थप सहज र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले आवश्यक प्राविधिक पूर्वाधार, जनशक्ति र तालिम व्यवस्थापन गर्दै अन्य स्थानीय तहमा पनि सेवा विस्तारको तयारी भइरहेको जनाएको छ।