Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सीमा कडाइपछि नेपालगञ्ज भन्सार राजस्वमा वृद्धि, स्थानीय व्यापार पनि चलायमान

सीमा कडाइपछि नेपालगञ्ज भन्सार राजस्वमा वृद्धि, स्थानीय व्यापार पनि चलायमान

काठमाडौँ । भारतबाट नेपाल भित्रिने सामानमा १०० रुपैयाँभन्दा माथिका वस्तुमा अनिवार्य भन्सार शुल्क लागू भएपछि नेपालगञ्ज भन्सार कार्यालयको मासिक राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार कडाइपछि चैत र वैशाख महिनामा राजस्व संकलनमा स्पष्ट वृद्धि देखिएको हो। फागुन महिनामा १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ संकलन भएकोमा चैतमा २ अर्ब १४ करोड २५ लाख रुपैयाँ र वैशाखमा १ अर्ब ८४ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिनामा कार्यालयले १६ अर्ब ७३ करोड ९७ लाख रुपैयाँ संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको करिब ६८ प्रतिशत बराबर हो।

सीमा नाकामा कडाइ भएपछि उपभोक्ताहरू सीमापारि भारतीय बजार जाने प्रवृत्ति घट्दै गएको र यसले स्थानीय बजार चलायमान हुन थालेको नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताएका छन्।