Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने अझै १० बर्ष सभापति बन्न पाउने, बन्यो यस्तो कडा नियम

रवि लामिछाने अझै १० बर्ष सभापति बन्न पाउने, बन्यो यस्तो कडा नियम

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने यस पटक पुनः सभापति बन्नेगरि लाग्नु भएको छ। रास्वपाको प्रथम महाधिबेशनमा रवि सर्वसम्मत सभापति बन्नेगरि अगाडी बढ्नु भएको छ । लामिछाने यस महाधिबेशनपछि बिधानको अनुसार अझै दश बर्ष सभापती रहन पाउने छन ।

रास्वपाको विधान अनुसार एक कार्यकाल ५ बर्षको हुन्छ र एक ब्यक्ति दुई पटक सभापतिको उम्मेदवार रहने ब्यवस्था रहेको छ । यस अनुसार यदी पार्टि भित्र फरक विचार आएन र द्धन्द्ध भएन भने र  यदी लामिछानेले आफू सभापती बन्न चाहेमा उहा अझै दश बर्ष सभापतीमा रहन पाउनुहुनेछ ।


हाल सम्म कोहीपनि सभापतिको दाबेदार नहुदा रबि लामिछानेलाई हाइसन्चो देखिन्छ।लामिछानेलेनै निर्माण गर्नुभएको रास्वपा अहिले देशको शक्तिशाली पार्टीको रुपमा चिनिएको छ।नेपाल सरकारकै नेतृत्व गरिरहेको दल अहिले झन्डै दुईतिहाईको अबस्थामा पुगेको छ।

लामिछानेको कसरतकै कारण अहिले रास्वपा शक्तिशाली बन्न सफल बनेको हो।

उहाले अहिलेसम्मको अबस्थालाई हेर्दा तेश्रो पटक पनि चुनावमा भारि मत प्राप्त गर्नु भएको थियो।चितवन२ बाट निर्वाचित बन्नु भएका लामिछानेलाई धेरैले त्यागि नेताको रुपमा लिनुहुन्छ।उहा स्वयमको स्वभाब पनि त्यस्तै छ।

लामिछानेले आफु प्रधानमन्त्री हुने बाटो खुल्दा खुल्दै रास्वपामा बालेनलाइ इन्ट्री गराएर पार्टिको बरिष्ठ नेताको रुपमा जोड्दै अहिले देशको नेतृत्व गर्न समेत रबि लामिछानेलेनै अनुमति दिनुभएको छ।बालेन र रविको सम्बन्ध निकै सुमधुर छ।अहिलेपनि हर काम गर्न दुवै नेताबीच सधै जसो छलफल हुने गर्दछ।


लामिछानेले महाधिबेशनको तयारीकै बीच कयौं पटक बालेनसंग भेट समेत गरिसक्नु भएको छ।अबको केहि दिनमै हुन् लागेको महाधिबेशनपछि पनि बालेन बरिष्ठ नेतामै बस्ने निश्चित देखिएको छ।बालेन आफैले अन्य पदमा आफु जान नचाहेको बताएपछि लामिछानेले बालेनलाइ बरिष्ठ नेता राख्ने तयारी गरिरहेको खुल्न आएको छ।यस पटक महाधिबेशनपछि पार्टीले झन् कडा नियम बनाएको छ।अब कुनैपनि परिवारको सदस्य रास्वपाको नेता बन्न नपाउने नियम बनेको छ।

नयाँलाइ स्थान दिन पर्ने अबस्थामा पनि लुछाचुँडी खेल्ने प्रचलनको अन्त्य गराउन उक्त नियम बाहिर ल्याएको हो।पार्टीको निर्विकल्पनै रवि लामिछाने हुने बहस सुरु भएको छ।पार्टी सचिबालयको बैठकले समेत रबि निर्बिकल्प भन्दै बहस अगाडी बढेपछि रवि थप ढुक्क छन्। 

अहिले सम्म बाहिर आए जस्तो भित्र नभएको जानकारहरु बताउछन।रास्वपामा रविको बिकल्प तयार भए भन्दै नाम सहति समाचार आएपछि यस बिषयमा पार्टी भित्रै चासो समेत बढेको खुल्न आएको छ। रविले भने पदाधिकारीको चुनाव नगराई निर्वाचन गर्न चाहन्छन।

अहिले रास्वपामा आकांक्षीहरु धेरै भएको कारण मिलाउन मुस्किल भएको छ।सातै प्रदेशको अधिबेशन चलिरहदा केहि प्रदेशमा भने भाडभैलो भएकै कारण अधिबेशन रोकिरहेको छ।५ गते सम्म सबै प्रदेशले अधिबेशन गरिसक्न पर्ने हुन्छ।