काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ३१० रुपैयाँमा झरेको छ। आइतबार चाँदी ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।