काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूची संशोधन गर्दै केही उम्मेदवारको नाम हेरफेर गरेको छ। बढी मत ल्याएर पनि समावेशी सन्तुलनका कारण छुटेको गुनासो आएपछि निर्वाचन आयोगले मंगलबार संशोधित सूची सार्वजनिक गरेको हो।
संशोधित सूचीअनुसार गण्डकी प्रदेशबाट निर्वाचित सांसद सोम शर्मा बाहिरिएका छन् भने उनको स्थानमा पूजा बास्तोला निर्वाचित भएकी छन्। महिला प्रतिनिधित्व कायम गर्न यो परिवर्तन गरिएको आयोगले जनाएको छ।
यसैगरी आदिवासी पुरुषतर्फ पुछारमा परेका कृष्णमान श्रेष्ठ ७८५ लाई हटाएर उनीभन्दा बढी मत ल्याएका ध्रुव थापामगर ७९० लाई निर्वाचित गरिएको छ ।
यस्तै, आदिवासी पुरुषतर्फ कृष्णमान श्रेष्ठको स्थानमा ध्रुव थापामगरलाई निर्वाचित गरिएको छ। सुरुमा नाममा ‘मगर’ उल्लेख नभएकाले छुटेका थापामगरले जनजाति कोटाबाट बढी मत ल्याएको पुष्टि भएपछि आयोगले सूची सच्याएको हो।