Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, रातिभन्दा दिउँसो धेरै पानी पर्ने

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, रातिभन्दा दिउँसो धेरै पानी पर्ने

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराई भूभागका पनि केही स्थानमा, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 
 
मधेस र कोसी प्रदेश तराईको एक/दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थान, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोसी र मधेस प्रदेशका तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुुनी वायु सक्रिय छ ।