Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) गरेबापत दिइँदै आएको भत्ता कटौती गर्ने प्रक्रिया अघि बढाएकी छन्। ओभरटाइमका नाममा भइरहेको अनावश्यक खर्च र अनियमितता नियन्त्रण गर्न निगमको व्यवस्था पुनर्संरचना गर्न लागिएको हो।

नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गतको अतिरिक्त कार्यभत्ता व्यवस्थालाई सिफ्ट प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। निगममा ओभरटाइम भत्ताका नाममा गत वर्ष मात्रै करिब १३ करोड रुपैयाँ खर्च भएको थियो।

नयाँ व्यवस्था लागू भएपछि अतिरिक्त भत्ता वितरणको सट्टा कर्मचारीलाई कार्यप्रकृतिअनुसार विभिन्न सिफ्टमा परिचालन गरिनेछ। यसबाट प्रशासनिक खर्च घट्ने, वित्तीय अनुशासन कायम हुने र संस्थाभित्रको अनियमितता नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।