Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

गृह मन्त्रालयको प्रस्तावमा ८ जना एआईजीहरूको व्यापक सरुवा

गृह मन्त्रालयको प्रस्तावमा ८ जना एआईजीहरूको व्यापक सरुवा

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीका एआईजीहरूको व्यापक सरुवा गरेको छ। निर्णयअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा सरुवा गरिएको छ।

यस्तै,अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी सुशील सिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी पठाइएको छ। एआईजी उमा चतुर्वेदीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सीआईबीका एआईजी मनोज केसीलाई अपराध अनुसन्धान विभागमा  सरुवा गरिएको छ।

त्यसैगरी, मानव स्रोत विभागका एआईजी राजन अधिकारीलाई नेपाल प्रहरी एकेडेमी, प्रदेश समन्वयमा कार्यरत एआईजी डम्बर विकलाई प्रशासन विभागमा सरुवा गरिएको छ भने प्रहरी एकेडेमीका एआईजी सिद्धिविक्रम शाहलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। त्यस्तै, एआइजी हिमाल कुमार श्रेष्ठलाई प्रशासन विभागबाट कार्य विभागमा सरुवा गरिएको हो ।

4.jpg

a.jpg