Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

बाढीले रोकियो मेलम्चीको पानी, काठमाडौंमा अस्थायी रूपमा आपूर्ति बन्द

बाढीले रोकियो मेलम्चीको पानी, काठमाडौंमा अस्थायी रूपमा आपूर्ति बन्द

काठमाडौँ । वर्षायामसँगै मेलम्ची नदीमा आएको बाढी र धमिलो पानीका कारण काठमाडौंमा मेलम्ची खानेपानीको आपूर्ति अस्थायी रूपमा रोकिएको छ। पानीको गुणस्तरमा असर परेपछि प्रशोधन प्रक्रिया स्थगित गरिएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी अत्यधिक धमिलो भएकाले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी पठाउन रोकिएको छ। पानीको गुणस्तर सुधार भएपछि पूर्वनिर्धारित तालिकाअनुसार पुनः वितरण सुरु गरिने उनले बताए।

२०७८ सालको बाढीले मेलम्ची आयोजनाको बाँध क्षेत्रमा क्षति पुर्‍याएपछि हाल हिउँदमा मात्रै डाइभर्सन सुरुङमार्फत पानी काठमाडौं ल्याउने व्यवस्था गरिएको छ। वर्षायाममा नदीको बहाव बढ्नेबित्तिकै सुरुङ बन्द गर्ने गरिएको छ।

मेलम्चीको आपूर्ति बन्द भएपछि काठमाडौं उपत्यकाको खानेपानीको माग बागमती नदी तथा उपत्यकाका अन्य मुहानबाट व्यवस्थापन गरिनेछ।