Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

शिक्षामा दलीयकरण अन्त्य गर्न गगन थापाको आग्रह

शिक्षामा दलीयकरण अन्त्य गर्न गगन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षा क्षेत्रको प्रमुख समस्या दलीयकरण भएको बताएका छन्। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकदेखि शिक्षक नियुक्तिसम्म दलगत प्रभाव हाबी हुँदा शिक्षा प्रणाली कमजोर बनेको उनको भनाइ छ।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले शिक्षामा भएको दलीयकरणबाट बाहिर निस्कनुपर्ने आवश्यकता औँल्याए। ‘व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सबै आफ्नै मान्छे चाहिने सोच राजनीति होइन, दलीयकरण हो,’ उनले भने।

थापाले कांग्रेससँग आबद्ध शिक्षकहरूलाई विद्यालयमा आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै त्यसैले पार्टीको छवि बलियो बनाउने बताए। समुन्नत नेपाल निर्माणमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो।