Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

मन्त्री प्रतिभा रावलद्वारा मन्त्रालयमा सेवा इकाई सञ्चालनको सुरुवात

मन्त्री प्रतिभा रावलद्वारा मन्त्रालयमा सेवा इकाई सञ्चालनको सुरुवात

काठमाडौँ । निजामती कर्मचारीलाई कार्यस्थलमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा ल्याइएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा उक्त सेवा इकाई सञ्चालनमा आएको हो।

मन्त्रालयका अनुसार अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै कर्मचारीलाई छिटो र सरल स्वास्थ्य सेवा दिने उद्देश्यले यो व्यवस्था गरिएको हो। निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राही चाप व्यवस्थापन गर्न पनि मन्त्रालयमै सेवा इकाई स्थापना गरिएको बताइएको छ।

उक्त इकाईमा निजामती कर्मचारी तथा सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।