काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप २४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार हालसम्म उक्त सहकारीका कुल १ हजार ११७ बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्। पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको समितिले जनाएको छ।
बचतकर्ताको रकमका आधारमा वर्गीकरण गर्दै आगामी चरणमा पनि बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढाइने समितिको भनाइ छ।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै कानुनी व्यवस्थाअनुसार सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने कार्य जारी रहेको जनाएको छ।