Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाइने

सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाइने

काठमाडौँ । सिँचाइ पूर्वाधारको प्रभावकारी उपयोग गर्दै कृषि उत्पादन बढाउने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा काम गर्ने भएका छन्।

मंगलबार भएको भेटवार्तामा ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ र कृषि मन्त्री गीता चौधरीले सिँचाइ, कृषि सेवा, उत्पादन र बजारीकरणलाई एउटै योजनाअन्तर्गत सञ्चालन गर्ने विषयमा छलफल गरेका हुन्।

मन्त्री श्रेष्ठले सिँचाइमा भएको लगानीको पूर्ण प्रतिफलका लागि उन्नत बीउ, मल, प्रविधि, प्राविधिक सेवा र कृषि उपजको बजारीकरणलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए। कृषि मन्त्री चौधरीले उक्त प्रस्तावप्रति सहमति जनाउँदै नीति निर्माणदेखि कार्यान्वयन तहसम्म दुवै मन्त्रालयबीच समन्वय सुदृढ गरिने बताइन्।

यसअघि मन्त्री श्रेष्ठले रानी–जमरा–कुलरिया, सिक्टा, बबई र राजापुर सिँचाइ आयोजनाको अनुगमन गरेका थिए। मन्त्रालयका अनुसार यी आयोजना सम्पन्न भएपछि पश्चिम नेपालको कृषि उत्पादन, खाद्य सुरक्षा र किसानको आयआर्जनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।