Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

तुलसी बहुउद्देश्यीय सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक

तुलसी बहुउद्देश्यीय सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिले उपलब्ध ऋण विवरणका आधारमा सूची सार्वजनिक गरिएको जनाएको छ। यसअघि ऋण चुक्ता गरिसकेका तर नाम सूचीमा परेका व्यक्तिलाई प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

बाँकी ऋण तिर्नुपर्ने ऋणीहरूलाई भने तत्काल समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।

समितिका अनुसार बचतकर्ताको हित संरक्षण र सहकारीको रकम फिर्ता गराउने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो।

ऋणीहरूको विवरण:

https://coopmc.gov.np/content/13277/list-of-debtors-of-tulsi-multiple-cooperative/