Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नक्कली भुटानी शरणार्थी प्रकरण:रायमाझी र खाणसहित १४ जना दोषी ठहर

नक्कली भुटानी शरणार्थी प्रकरण:रायमाझी र खाणसहित १४ जना दोषी ठहर

काठमाडौँ । निकै चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको अन्तिम फैसला सार्वजनिक भएको छ । उच्चपदस्थ नेताहरु जोडिएको यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जना दोषी ठहर भएका हुन् । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई मंगलबार दोषी ठहर गरेको हो ।

यस्तै उक्त मुद्दामा ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आषिश बुढाथोकीले पाए सफाइ पाएका हुन् । फरार रहेका अभियुक्तका हकमा पक्राउ परेका बखत कानुन बमोजिम हुने गरी मुद्दा मुल्तबीमा राखिएको छ ।

दोषी ठहर हुनेहरूमा रायमाझी, खाणसहित केशव दुलाल, सानु भण्डरी, सागर राई, सन्देश शर्मा, इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा,  टेकनारायण पाण्डे छन्। उनीहरूले संगठित रुपमा ठगी गरी उक्त कसूरबाट राज्यविरुद्धको अपराध गरेको अदालतको संक्षिप्त आदेशमा उल्लेख छ । 

त्यसैगरी एकीकृत कसूरतर्फ खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरन्जकुमार खरेलले राज्यविरुद्धको कसूरमा मतियारका रुपमा अपराध गरेको आदेशमा उल्लेख छ ।