काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि ५५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ५ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।