Jul 26 2026 | २०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

त्रिशूली नदीमा यात्रुवाहक भ्यान खस्यो

त्रिशूली नदीमा यात्रुवाहक भ्यान खस्यो

काठमाडौँ । रसुवास्थित त्रिशूली नदीमा यात्रुवाहक भ्यान खसेको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकखण्डमा ईभी त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका हुन्।  शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। 

उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परेको गाडीका चालकको पहिचान खुल्न बाँकी छ। गाडीमा अन्य यात्रु थिएकी थिएनन् त्योसमेत यकिन हुन नसकेको प्रहरीको भनाई छ।