Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

यी हुन् 'सुनसरी लिटल प्रिन्स एण्ड एन्जल'का २६ प्रतिष्पर्धी, मल्टिमिडिया अवार्डको भोटिङ्ग सुरु (तस्विर सहित)

यी हुन् 'सुनसरी लिटल प्रिन्स एण्ड एन्जल'का २६ प्रतिष्पर्धी, मल्टिमिडिया अवार्डको भोटिङ्ग सुरु (तस्विर सहित)

ईटहरी / एल एन्ड सि मोडल एजेन्सी ईटहरीले आयोजना गरेको “सुनसरी लिटल प्रिन्स एण्ड एन्जल-२०७६’ को यतिबेला धमाधम तालिम संचालन भैरहेको छ । तालिम संगै सहभागी साना साना बालबालिकाहरुले नेपालका चर्चित सेलिब्रेटिहरुसंग पनि भेट गर्ने मौका पाईरहेका छन् । यस्तैमा सहभागी बालबालिकाहरुको फोटोसुट र प्रोमोसनल भिडियो छायांकन पनि सम्पन्न भएको छ । ईटहरिको तालातालैयामा फोटोसुट र ओसियन पार्कमा भिडियो छायांकन भएको हो । यतिबेला सहभागी २६ जना बालबालिकाहरुलाई 'मल्टिमिडिया अवार्ड'को लागि सामाजिक संजालमा भोटिङ्ग प्रक्रिया सुरु गरिएको छ । कम्पनीको फेसबुक पेज 'एलएण्डसी मोडल एजेन्सी' मा २६ जनाकै तस्वीरलाई पोस्ट गरिएको छ ।

जहा सर्बाधिक लाईक र शेयर हुने प्रतिष्पर्धिलाई फाईनल कार्यक्रममा 'मल्टिमिडिया अवार्ड' प्रदान गरिने छ । फागुन ३ गते ग्रान्ड फिनाले हुने कार्यक्रमको यहि माघ २५ गते धरान स्थित होटल गजुर प्यालेसमा ट्यालेण्ट हुने भएको छ । गत पुष २६ गते सनिबार ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्ट र माघ ४ गते सनिबारका दिन धरानमा अडिसन सम्पन्न भएको थियो । सहभागी २६ जना बालबालिकाहरुलाई विभिन्न ज्ञानबर्दक तालिमहरु प्रदान गरिरहेको छ भने संगीता चौधरीले र्याम्प वाल्कको प्रशिक्षण गराईरहेकी छन् । यस भन्दा पहिले एजेन्सीले ईटहरिमा फेसन सो तथा ब्राईडल र्याम्प शो सफल आयोजना गरिसकेको छ ।

सुनसरी लिटल एण्ड एन्जल गर्नुको मुख्य उदेश्य बालबालिकाहरुमा लुकेर रहेको विभिन्न क्षमता, जुन सबैका सामु प्रस्तुत गर्न सक्दैनन । त्यसैले उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको एजेन्सीका सिइओ दिपक गिरीले बताए । कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका छन । फेशनको दुनियामा दशक लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व निश्चल पालिखे कार्यक्रम संयोजकको रुपमा रहेका छन् । त्यसैगरी अफिसियल मेकअप आर्टिस्ट एस्तर श्रेष्ठ, इभेन्ट होस्टकारुपमा सरुपा थापा मगर, अफिसियल कोरियोग्राफर संगीता चौधरी रहेकी छन् ।

डिथ्री फोटोग्राफी र डिथ्री अनलाईन अफिसियल मिडिया तथा फोटोग्राफी पार्टनर हो भने ईभेण्टको मिडिया संयोजक सुवास संकल्प रहेका छन् । पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा रहेका छन् भने ईभेण्ट सपोर्टरको रुपमा सुस्मिता श्रेष्ठ र निष्मा क्षेत्री रहेका छन् । बिजेता ब्वाईज-गर्ललाई २५ / २५ हजार नगद, ट्रफी, सर्टिफिकेट र अन्य उपहार, फर्स्ट रनरअप ब्वाईज-गर्ललाई १५ / १५ हजार नगद र अन्य उपहार संगै सेकेण्ड रनरअप ब्वाईज-गर्ललाई १० / १० हजार नगद र अन्य उपहारको व्यवस्था गरिएको छ । उमेरको हकमा भने ६ देखि १३ सम्मका बालबालिकाहरुका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।