Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

नायिका एलिजा गौतमले अहिलेसम्मकै मोटो रकम लिएर दुर्गेश थापा संग भिडियो खेल्दै

नायिका एलिजा गौतमले अहिलेसम्मकै मोटो रकम लिएर दुर्गेश थापा संग भिडियो खेल्दै

नायिका एलिजा गौतम अब म्युजिक पनि डेब्यु गर्ने भएकी छिन।केहि समय अगाडी चलचित्रबाट डेब्यु गरेकी एलिजा गौतम अब पहिलो म्युजिक भिडियोमा देखिने भएकी छिन।पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र त्यस्तै यो बेला सबैको मन जितेकी गायिका समिक्षा अधिकारीले आवाज दिने गीतमा मोटो रकम लिएर म्युजिक भिडियो खेल्ने निर्णय गरेकी हुन्।

श्रोतको भनाइ अनुसार एलिजाले पहिलो म्युजिक भिडियो २ लाख रुपैंया लिएर गर्न लागिए हो।युटुबमा चलचित्र अनुरागलाइ सर्बाधिक हेरिए संगै उनको लागि म्युजिक भिडियोमा धेरै माग आउन थालेको थियो,म्युजिक भिडियोको अवासर आउदा पनि उनले आफुलाई केहि समय भने पर्दामा आउन नचाहेको बताउदै आएकी थिईन,केहि तयारीको साथ आफुलाई म्युजिक भिडियोमा पनि प्रस्तुत गर्न सक्ने भए संगै उनले गीतमा पनि खेल्ने निर्णय गरेको श्रोतले जानकारी दिएको छ।

एलिजाले खेल्ने गीतमा पुरुष मोडल भने सबैले मन पराएका चर्चित मोडल दुर्गेश थापा रहेका छन।दुर्गेश थापाले पनि सहजै आफु एलिजा संग म्युजिक भिडियो खेल्न तयार रहेको भने संगै सहमति भएको थियो।गीतको संगीत भने पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल चर्चित सर्जक खेम सेन्चुरीले गरेका हुन।गीत शुभारम्भ डिजिटलले बजारमा ल्याउने बताईएको छ।अधिकांश चर्चित गीतका नृत्य निर्देशक शिब बिकले निर्देशन गर्ने गीत केहि सातामै बजारमा आउने भएको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ।