भारतले टिकटक प्रयोगमा प्रतिवन्ध लगाएका छन्। चीनले निर्माण गरेको मनोरञ्जनात्मक सामाजिक सञ्जाल प्रयोगमा दुई देशको सीमा विवादसँगै प्रतिवन्ध लगाएको छ।
भारतमा पछिल्लो समय चिनियाँ सामाग्रीहरुलाई प्रतिबन्ध लगाउने ट्रेण्ड नै चलेको छ। उता भारत सरकारले चिनियाँ एपहरुमा पनि प्रतिबन्ध लगाएको छ । मिडिया रिपोर्टका अनुसार भारतले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारत सरकारले ती एपहरुमा प्रतिबन्ध लगाएको बताएको छ । मिडिया रिपोर्टका अनुसार भारत सरकारले ५९ वटा चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ ।
त्यस्तै अर्को चर्चित एप विच्याट पनि प्रतिबन्ध भएको छ । लद्दाखमा भएको घटनापछि दुई देशको सम्बन्धमा सुधार आउने संकेतहरु नदेखिएको अधिकारीहरुले जनाएका छन् । लद्दाखमा भएको झडपमा परी २० जना भारतीय सेनाको ज्यान गएको थियो ।