कमल सरगम -काठमाण्डु-नेपाली लोक दोहोरीको बिकास र बिस्तारमा बिगत लामो समय देखि लाग्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले फेरी अर्को नया कार्यको थालनी गरेको छ।बरिष्ठ लोकदोहोरी सर्जक रमेश बिजी सस्थाको अध्यक्ष भए संगै उनकै कार्यकालमा कलाकारहरुको एक महत्वको रुपमा रहेको सहकारीको थालनी भएको छ।
प्रतिष्ठानले हरिसयनी एकादशीको दिनको शुभसाईत पारि टोखानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६ बमोजिम श्री लोक संगीत बहुउदेश्यीय सहकारी संस्था लिमिटेड दर्ता गरि स्वीकृत विनिमय सहित यो प्रमाण पत्र प्राप्त गरिएको छ ।
उक्त कार्यमा पुर्व अध्यक्ष /संयोजक चन्द्र शर्मा,निवर्तमान अध्यक्ष बद्रि पंगेनी,उपाध्यक्ष दिपक खड्का लगायत कार्यसमितिका कलाकारहरुको सहयोगले उक्त सहकारी गठन गर्न सफल भएको अध्यक्ष रमेश बिजिले लालीगुराँस डटकमलाई जानकारी दिनुभयो।
गत चैत्र महिना देखिनै संञ्चालनमा ल्याउने प्रयास गर्दा गर्दै पनि कोरोनाको कारण सहकारी खोल्न ढिला भएको बिजी बताउछन। सहकारीको नाम भने लोक संगीत बहुउद्धेश्यीय सहकारी रहेको छ।