Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

साम्राज्ञीमाथि साइबर क्राइमको मुद्दा हाल्ने भुवन केसीको चेतावनी

साम्राज्ञीमाथि साइबर क्राइमको मुद्दा हाल्ने भुवन केसीको चेतावनी

काठमाडौ । भुवन केसीको निर्देशनमा बनेको चलचित्र 'ड्रिम्स' बाट डेब्यु गरेकी नायिका साम्राज्ञी शाहले भुवन केसीले आफूलाई नयाँ कलाकारको रुपमा सम्मान नगरेको आरोप लाएर भिडियो सार्वजनिक गरिन जसले गर्दा भुवन साम्राज्ञी बिचको विवाद दिनहुँ चर्किंदो छ ।

भुवन केसीले साम्राज्ञीको भिडियो हेरेपछि घुमाउरो पाराले जवाफ फर्काएका थिए । भुवनको जवाफ पाएपछि साम्राज्ञीले अर्को भिडियोमा भुवन केसीको चरित्रमाथि समेत आरोप लाउँदै भिडियो सार्वजनिक गरिन जसले गर्दा भुवन र साम्राज्ञी बीचको विवाद झन् बल्झिन थाल्यो ।

साम्राज्ञीको भिडियोलाई धेरै कलाकारहरुले सेयर समेत गरेका छन् । साम्राज्ञीको उक्त भिडियो सामाजिक संजालमा अहिले भाइरल भए संगै भुवन केसीले फेरी एउटा स्ट्याटस लेखेका छन् ।