Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

अभिनेत्री दीपाश्रीको भनाईबारे दीपक राज गिरीको यस्तो कडा जबाफ

अभिनेत्री दीपाश्रीको भनाईबारे दीपक राज गिरीको यस्तो कडा जबाफ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको महानायकको विवादमा दीपक राज गिरीले आफ्नो मुख खोलेका छन् ।

केहि समय अघि दीपाश्री निरौलाले अभिनेता राजेश हमाललाई महानायक नभएको बताएपछि यो विषय विवादमा आएको थियो । यसै विवादको क्रममा अभिनेता दीपक राज गिरी नेपाली फिल्म क्षेत्र् को महानायक भएको विषय समाजिक संजाल र मिडियामा व्यापक बहस भएको थियो ।

अभिनेत्री दीपाश्रीले आफ्नो अभिव्यक्ति विवादमा परेपछि सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै माफी समेत मागेकी थिइन् ।

अब यसै प्रसंगमा दीपक राज गिरीले कलाकार भएदेखि नै सन्तोष पन्त, हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ जस्तो बन्ने भएपनि महानायक तिर भने कहिले बन्न चाहिन भन्दै आफुलाई जबर्जस्ती महानायक बनाउन खोजिएको बताएका छन् ।

उनले भनेका छन् -

जब देखि कलाकार भएं, हरिदाइ, मदन दाइ र सन्तोष पन्त दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थे. मेरो बाटो, मेरो लक्ष कहिले पनि महानायकको घर तिर मोड़िएन, मेरो गल्ति बिना नै मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद...जब असत्य चिच्याई चिच्याई बोलेर भिडजम्मा गरिरहेको हुन्छ सत्यले चूपचाप आफ्नो बाटो हिड्नु राम्रो ... ..'