Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नायीका पुजा शर्माले गरिन् पत्रकार प्रकाश सुवेदी विरुद्ध उजुरी!!

नायीका पुजा शर्माले गरिन् पत्रकार प्रकाश सुवेदी विरुद्ध उजुरी!!

काठमाडौं । आफुलाई एउटा टेलिभिजन पर्दामा पत्रकारले अपमानित शब्द प्रयोग गरेको भन्दै नायिका पूजा शर्माले उजुरी दिएकी छन् । उनले टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदी विरुद्ध उजुरी दिएकी हुन् । उनलाई कार्यक्रमका प्रस्तोताले अपमानित शब्द प्रयोग गरेका थिए । दारा निस्केकी महानायीका भन्दै सम्बोधन गरेका प्रकाशले पुजाको नाम नलिए पनि उनको भनाई र हाउभाउले पुजालाई नै भनेको प्रष्ट बुझ्न सकिन्थ्यो । नायीका पुजाले आइतवार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् ।

प्रकाशको कार्यक्रम प्रसारण भएपछि नायीका पुजाले फेसवुकमा लामो स्टटास लेख्दै त्यसवारे अब कति सहने ? तपाईहरुको सुझाव अनुसार अघि बढ्छु भनेकी थिइन् । पत्रकार सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका बेला कलाकार संघमा उजुरी परेको हो ।

उनले प्राइट टाइम टेलिभिजनमा प्रशारण भएको कार्यक्रममा अन्तरवार्ता दिँदा नायीका पुजा शर्मा विवादित बनेकी थिइन् । उनलाई कार्यक्रममा बोलाएर प्रकाशले सामान्य ज्ञानको प्रश्न गरेका थिए । पुजालाई सामान्य ज्ञानको सामान्य कुरा पनि नआएपछि उनको ट्रोल बनाइएको थियो ।

अन्तरवार्ताकै क्रममा पुजाले त्यो दृष्य अन्तरवार्तावाट हटाइदिन आग्रह गरेको भएपनि प्रकाशले त्यो दृष्य हटाइदिएनन् । त्यसपछि पुजा ट्रोल बनिन् । फेरी एपी वानमा अन्तरवार्ताका लागि बोलाउँदा पुजा नआएपछि उनले यसरी नायीकाको खेदो खनेका हुन् । उनले पुजाको नाम नलिएरै ुदारा निस्केकी नायीकालाई हामीले महानायीका बनाइदिनु पर्नेु भन्दै टिप्पणी गरेका छन् । उनले नाम नलिए पनि भनेका शब्दले त्यो कुरा पुजाकै लागि प्रयोग भएको बुझ्न सकिन्छ ।

उनले भनेका छन्, इन्टरभ्यु दिने पनि आफै, बोल्ने पनि आफै, नआउने पनि आफैलाई अनि हामीले चाही लिएको इन्टरभ्यु एडिट गरिदिनुपर्ने काुटिुदिनुपर्ने ? त्यो पनि मिलाई(मिलाई । महानायीका बनाइदिनुपर्ने ? त्यो पनि दारा निस्केको अनुहारलाई कती हाँस्नु ?