Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

टीका सानुको दोहोरी बाटै भयो बिहे

टीका सानुको दोहोरी बाटै भयो बिहे

काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा सुमधुर आवाजकी धनि लोकप्रिय गायिका टिका सानु,सम्झना भण्डारि र गायकमा अमित बाबु रोकाया र हिमाल खड्कोका आवाजमा रहेको लोक गित डाडै निर बन भर्खरै मात्र सार्वजनिक भएको छ । लोकदोहोरी क्षेत्रका चर्चित गाएक मानसिक खड्का र चित्र पुनको नृत्य रहेको छ भने भिडियोमा आयुमा कार्की,धुर्ब हिमानी,टिका सानु अमिताबाबू रोकाया र चन्द्रदेव खड्कालाइ समेत देख्न सकिन्छ । यस गितको निर्देशक मानसिक खडकाले गरेका हुन् । उक्त गितमा अमृत ​​चापागाईले सम्पादन गरेको छन् भने छायांकन राम केसीको रहेको छ । अमित बाबु रोकाया युटुब च्यानल सो गित हेर्न सकिन्छ । गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।