काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ यतिबेला युट्युब ट्रेन्डिङमा आएको छ । बुधबार युट्युब रिलिज गरिएको चलचित्र युट्युब ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, विल्शनविक्रम राई, कर्मा, बुद्दि तामाङ, उपाशना सिंह ठकुरी, रिष्मा गुरुङ, विजय बराललगायत कलाकार मुख्य भूमिकामा हुन्छन् ।
हेर्नुहोस उक्त फिल्म
यो पनि पढनुहोस
नेपाली कांग्रेसको महामन्त्रीमा शेखर कोइराला प्यानलका गगन थापा सर्वाधिक मतसहित अग्रस्थानमा कायम रहँदा दोस्रो स्थानका लागि तीन नेताबीच कडा प्रतिस्पर्धा देखिएको छ।
सुरुवाती चरणदेखि नै थापाले अग्रता कायम राखेका छन् र उनले मतान्तर बढाउँदै लगेका छन्। तर दोस्रो स्थानका लागि तीन नेताहरु विश्वप्रकाश शर्मा, प्रकाशशरण महत र प्रदीप पौडेलबीच निकै कडा प्रतिस्पर्धा देखिएको छ।
हालसम्म ११९५ मतगणना हुँदा गगन थापा ७५६ मतसहित अगाडि छन्। यस्तै दोस्रो स्थानका लागि प्रतिस्पर्धामा रहेकामध्ये विश्वप्रकाश शर्मा अघि छन्। उनको ४९० मत छ । यस्तै महतको ३८९ र पौडेल ३६९ मत छ। त्यसपछि मिनेन्द्र रिजालको २२३ र राजाराम कार्कीको ३९ मत छ।
थापा र रिजाल शेखर कोइराला प्यानलबाट महामन्त्री उम्मेदवार बनेका हुन्। शेरबहादुर देउवा प्यानलबाट महत र पौडेल महामन्त्रीका उम्मेदवार हुन्। यस्तै शर्मा प्रकाशमान सिंह तथा कार्की विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका हुन्।
सभापतिको दोस्रो चरणको मतदानमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए। कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ।