Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अन्जली अधिकारि घाइते मुटु लिएर बजारमा [ भिडियो सहित]

अन्जली अधिकारि घाइते मुटु लिएर बजारमा [ भिडियो सहित]

काठमाडौं, पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यस्तै पछिल्लो समय गायिका हिरा नेपालि र गायक गोबिन्द पौडेलको आवाजमा घाइते मुटु सार्बजनिक भएको छ । उक्त गितमा गित हिरा नेपालिको उत्कृष्ट लय/सृर्जना रहेको छ । भिडियोमा अन्जली र दुर्गा बिरहीको अभिनय रहेको छ ।

KBS Bishal को निर्देशन एवम् बिरेन्द्र परियारको छांयाकनमा तयार पारिएको गितको म्युजिक भिडियो Aatma Bishwas Films युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :