Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘कबड्डी–४’को टिजर सार्वजनिक

‘कबड्डी–४’को टिजर सार्वजनिक

काठमाडौंः नेपाली कथानक चलचित्र ‘कबड्डी–४’को टिजर सार्वजनिक गरिएको छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेखेको फिल्ममा दयाहाङ राई, बुद्दि तामाङ, विजय बराल, मिरुना मगर, सौगात मल्ल लगायत कलाकार फिचर्ड छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र केही समय अगाडि छायांकन सकिएको छ । ‘कबड्डी–४’लाई सिरिजको अन्तिम चलचित्र भन्दै निर्माण पक्षले फाइनल म्याच भनेको छ ।

'कबड्डी ४' मा सौगात मल्लको पुनरागमन भएको छ जो बमकाजीको भूमिकामा देखिँदै छन्। त्यस्तै मुख्य कलाकारमा मिरुना मगर जोडिएकी छिन् जो मिस शान्तीको भूमिकामा देखिँदै छिन्।

यसअघिका फिल्ममा विहे र प्रेमको पछाडि दौडिएको काजी 'कबड्डी ४' मा भने विहेबाट पर भाग्दै गरेको सार्वजनिक पोस्टर र टिजरमा देखिएको छ।

बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको फिल्म बैशाख २३ देखि प्रदर्शनमा ल्याउने तयारी छ।

केही दिनअघि मात्र युट्युबमा सार्वजनिक भएको कबड्डी सिरिजको तेस्रो फिल्म 'कबड्डी कबड्डी कबड्डी' यतिवेला ट्रेण्डिङ नम्बर एकमा रहेको छ। उक्त फिल्मले हलमा पनि ५१ दिन मनाउन सफल भएको थियो।

समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्मले युट्युबमा उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।